दफा १२
सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्नेलाई सजाय
कुनै राष्ट्रसेवकले सरकारी वा सार्वजनिक संस्थाको कागजात लुकाएमा वा कुनै तरिकाले नोक्सान पु¥याएमा वा नष्ट गरेमा निजलाई कसुरको मात्रा अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ । त्यसरी लुकाएको, नोक्सान पु¥याएको वा नष्ट गरेको कारणबाट कुनै किसिमको हानि नोक्सानी भएको रहेछ भने सो समेत असुल उपर गरिनेछ ।